देश

बालेनको पूर्व–पश्चिमको सन्देश, छोटो बोल्ने, सपना नदेखाउने, ठाउँ अनुसारका भाषा र एजेन्डा (भिडियोसहित)


काठमाडौं— स्थानीय सरकारको प्रमुखबाट सिधै संघीय सरकारको नेतृत्व गर्ने ध्येय बोकेका राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’का वरिष्ठ नेता बालेन्द्र साह अहिले चुनावी अभियानमा व्यस्त छन् । फागुन २१ को निर्वाचन पछि रास्वपाको एकल सरकारको प्रधानमन्त्री बन्ने सपना बोकेका साह अहिले घण्टी बोकेर देशव्यापी चुनावी सभाहरुमा सम्बोधन गरिरहेका छन् । जहाँ विगतमा कहिल्यै सार्वजनिक मञ्चहरुमा नदेखिएका बालेन अहिले पूर्व–पश्चिम पुगेर हजारौंको भीडमा छोटा र अर्थपूर्ण सन्देशहरु दिइरहेका छन् । कमजोर वाचालपन भएका उनी लामा भाषण र औपचारिक्ता भन्दा आफ्नै शैलीमा छोटा र कुटिल मन्तव्य दिइरहेका छन् । यस्तै मधेशको राजधानी जनकपुरमा पहिलो सम्बोधन गर्दै संघीयताको पक्षमा उभिएका उनले चारपटकसम्म सम्बोधन गर्दा के के सन्देश दिए त ? हेरौँ ।