देश

१० जोडी चुनावमा, रवि–बालेनका श्रीमती यसरी भोट माग्छन्, ओली र सूर्यका पनि उस्तै, आरजु बन्ने डर ? (भिडियोसहित)


काठमाडौं— राजनीतिमा प्रायः विचार र सिद्धान्तको लडाइँ हुन्छ, तर यसपटकको निर्वाचनमा केही फरक दृश्यले सबैको ध्यान खिचिरहेको छ । यहाँ केवल उम्मेदवारको परीक्षा भइरहेको छैन, उनीहरूको दाम्पत्य जीवनको ‘केमेस्ट्री’ पनि दाउमा छ । भदौ २३–२४ मा ‘नेपो बेबी’ र परिवारवादविरुद्ध ‘जेनजी’ले सडक तताए । युवाहरू यो प्रवृत्तिबाट आजित भएको सन्देश दिए । तर, रोचक कुरा के छ भने– त्यही आन्दोलनको राप नसेलाउँदै अहिलेको चुनावी मैदानमा भने उम्मेदवारसँगै उनीहरूका जीवनसाथीको सक्रियता बढेको छ । उम्मेदवारलाई जिताउने संकल्पसहित श्रीमतीहरू घरदैलोमा यसरी खटिएका छन्, मानौँ यो निर्वाचन होइन, प्रेम र समर्पणको नयाँ अध्याय हो ।