देश

भि*डन्तमा VIP उम्मेदवार, रविले देवराजको बेइज्जत गरे, गगन चिप्लिँदा तनाव, अमरेशको बाख्रा ट्याग


काठमाडौं— राजनीतिक सरगर्मी ह्वात्तै बढेका बेला व्यक्ति केन्द्रित आरोप प्रत्यारोपको राजनीति पनि तीव्र बनेको छ । कसैले विगतका काम, संसदमा खेलेको भूमिका र व्यक्तिगत विषयलाई मुख्य मुद्दा बनाउँदा सुशासनसँग जोडिएका त्यही दृष्य मंगलबार झापामा देखियो । चुनावी कार्यक्रमका लागि इटहरी जाने क्रममा निर्वाचन आयोगको निर्देशन विपरीत गाडीको सनरुफबाट समर्थकहरुलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देवराज घिमिरेको नैतिकतामाथि प्रश्न उठाए । संसदमा भिजिट भिसा प्रकरणबारे कुरा उठाउँदा माइक काट्ने सभामुख कुन मुख देखाएर मत माग्दैछन् ? भन्ने उनको प्रश्न थियो ।
तत्कालीन गृहमन्त्री रमेश लेखक भिजिट भिसामार्फत मानव तस्करीमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित रास्वपाले दुई महिना लगातार संसद बहिष्कार गरेको थियो ।