काठमाडौं— नेकपा एमालेलाई भौतिक रुपमा घाम बोक्न सम्भव छैन, कांग्रेसले रुख बोक्न सक्दैन अनि नेपाली कम्युनिस्ट पार्टीले धर्तीमा तारा झारेर सारा फकाउन नसक्ने भएपछि रास्वपाको घण्टी बजाउन रोकियो । एमालेको जुलुस आउँदा घण्टी बज्छ, कांग्रेसको घरदैलोमा घण्टी बजाएर स्वागत छ । ताराको प्रतिकारमा घण्टी बज्छ । यसरी रास्वपाले चुनावमा खतराको घण्टी बजाएपछि नयाँ–पुराना सबै दलहरूको सात्तो गएको छ । त्यसकारण ध्वनि प्रदूषण भएको भन्दै प्रचारप्रसारमा निर्वाचन चिह्नको भौतिक स्वरूप बोकेर हिँड्न निर्वाचन आयोगले रोक लगायो । चुनावका बेला हातहतियार बोकेर हिँड्ने समूह सक्रिय हुँदा घण्टी बजाउँदा शान्ति खलबलिने आयोगको निष्कर्ष छ । यो अरू केही नभएर रास्वपाको क्रेज थेग्न नसकेर डरले अन्य दलहरूले दिएको उजुरीलाई शिरोधार्य गर्दै आयोगले निर्णय गरेको हो । अहिले रास्वपाको उभार रोक्न चौतर्फी प्रहार भएका छन् ।
देश


प्रतिक्रिया