गण्डकी प्रदेश

कास्की चुनावी भिडन्त, कांग्रेस–एमालेकै टक्कर, हारजितको निर्णायक रास्वपा, ३ क्षेत्र ः कुन दल बलियो ? (भिडियोसहित)


काठमाडौं— गण्डकी प्रदेशको राजधानी पोखरा अर्थात् कास्की जिल्ला । राजनीतिमा सधैं तरंग ल्याउने कास्कीलाई एमालेको ‘लाल किल्ला’ मानिन्छ । तर, के यो किल्ला अब सुरक्षित छ ? पुराना दलहरूको विरासत जोगाउने ध्येय र उदाउँदा शक्तिहरूको ‘किल्ला भत्काउने’ रणनीतिबिच कास्कीको चुनावी मैदान कुरुक्षेत्र बनेको छ । ३ लाख ८ हजार बढी मतदाताले यसपटक कसलाई रोज्लान् ? यो भिडन्त निकै रोचक बन्ने देखिन्छ । फागुन २१ मा हुने निर्वाचनका लागि कास्कीका तीन निर्वाचन क्षेत्रमा ४९ जना चुनावी मैदानमा छन् । १८ राजनीतिक दल र ६ स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिँदा कुन क्षेत्रको अवस्था कस्तो छ? हेरौँ क्षेत्रगत अवस्था ।