काठमाडौं—अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा सोमबार बिहान एक नेपालीले श्रीमती र छोरीको हत्या गररेर ज्वाइँलाई आक्रमण गर्दा प्रहरीको इन्काउन्टरमा उनको पनि मृत्यु भएको छ । उदयपुर बेलका नगरपालिकाका ५० वर्षीय छत्रबहादुरले ५१ वर्षीया पत्नी बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापाको हत्या गरेका हुन् । प्रहरीको गोली लागेर हत्यारा थापाको पनि मृत्यु भएको हो ।
थापाले परिवारका सदस्यहरूमाथि १० इन्च लामो धारिलो हतियार प्रहार गर्दा श्रीमती र छोरीको मृत्यु भएको हो भने ज्वाइँ घाइते भएका छन् ।
घटना देखेपछि छत्रबहादुरका ज्वाइँ ३५ वर्षीय सन्तोष कुमार बस्नेतले प्रहरीमा खबर गरेका थिए । छत्रबहादुरले ज्वाइँ सन्तोषलाई पनि आक्रमण गरेका थिए । घाइते सन्तोषको अवस्था गम्भीर छ ।
प्रहरीले हतियार फाल्न आदेश दिँदा नमानेपछि गोली चलाउँदा छत्रबहादुरको पनि मृत्यु भएको जनाईएको छ । परिवारका सदस्य एक वर्षीय शिशु भने सुरक्षित छन् । प्रहरीले घटनाको गहन अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया