देश

बाँके ३ क्षेत्रको भिडन्त, घण्टीका सुनार दबाबमा, सुशीलका भतिज प्रतिष्ठाको लडाइँमा, इस्तियाक बलियो (भिडियोसहित)


काठमाडौं— प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै बाँकेका चोक–चौताराहरू चुनावी रापले तातिएका छन् । प्रधानमन्त्रीको कुर्सीसम्म पुग्ने भ¥याङ बनेको बाँकेको माटोमा अहिले चुनावी सरगर्मी ह्वात्तै बढेको छ । पश्चिम नेपालको राजनीतिक ‘पावर सेन्टर’ मानिने यो जिल्ला, जहाँबाट ठूला हस्तीहरूको उदय र अस्तको इतिहास कोरियो, अहिले फेरि एकपटक नयाँ कुरुक्षेत्रमा परिणत भएको छ । पूर्वमन्त्रीदेखि ‘हेभीवेट’ नेताहरू र राजनीतिमा उदाएका नयाँ अनुहारहरू यतिबेला एउटै मैदानमा आमने–सामने छन् । तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कुल ५६ जना उम्मेदवार आफ्नो भाग्य परीक्षण गर्दैछन् । जहाँ क्षेत्र नम्बर १ मा १४ जना, क्षेत्र नम्बर २ मा २० जना र क्षेत्र नम्बर ३ मा २२ जना उम्मेदवारहरू चुनावी मैदानमा होमिएका छन् । २१ फागुनमा हुने अग्निपरीक्षामा कसले जोगाउला पुरानो विरासत र कसले फहराउला परिवर्तनको झन्डा ?हेरौँ क्षेत्रगत अवस्था…..