देश

भोट माग्ने चटारो, घरदेखि खेतसम्मै नेता, कोही लखेटिए कोही मालाले पुरिए, सूर्यदेखि ऋषिसम्म (भिडियोसहित)


काठमाडाौं— प्रचार गर्ने ढोका खुलेसँगै उम्मेदवारहरुलाई मत तान्ने चटारो परेको छ । गाउँ, शहरका गल्ली, घरदैलोमा उम्मेदवारको लर्को छ । घर आँगन, चियाचौतारी, खेतबारीदेखि भान्सासम्मे पुगेर उम्मेदवारहरु हेर्नलायकका चटक देखाइरहेका छन् । उनी सूर्य थापा हुन् । ५१ वर्षको जेनजी दाबी गर्छन् । कहिल्यै सासै फेर्न नसक्नेगरी माला लगाउँछन् । कहिल्यै खेतबारी त कहिल्यै चुलोचौकोमै पुगेर चटक गर्छन् । खोइ एक्कै छिन् भन्छन् । जे भेट्यो त्यही गरिहाल्छन् । सबैतिर एमालेका उम्मेदवार प्रश्नबाट लखेटिएका बेला उनी मात्र यस्ता उम्मेदवार हुनुपर्छ– जो यसरी सहजै मतदाताको चुलोचौकोमा रोटी पकाउन, साग काट्न, चमल केलाउन सक्रिय छन् ।