काठमाडौं— संघीय राजधानीको छेवैमा रहेर पनि विकासको पर्खाइमा रहेको धादिङ, यसपटकको निर्वाचनमा ‘हटस्पट’ बनेको छ । एकातिर आठौँ पटक चुनावी मैदानमा होमिएका भेट्रान नेता राजेन्द्र पाण्डे जस्ता पुराना अनुहार छन् भने अर्कोतिर सामाजिक सञ्जाल र वैकल्पिक राजनीतिको लहरबाट उदाएका नयाँ प्रतिस्पर्धी । दलहरू एक्लाएक्लै मैदानमा उत्रिँदा धादिङको चुनावी अंकगणित यसपटक निकै पेचिलो बनेको छ । जसले गर्दा दुई वटा निर्वाचन क्षेत्र रहेको धादिङमा चुनावी लडाइँ रोचक मोडमा पुगेको छ ।
कम्युनिस्टको गढ मानिने धादिङ निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ठुला दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र विकल्पको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । ११ स्वतन्त्रसहित २४ जनाले उम्मेदवारी दर्ता गरेको धादिङ–१ मा अनुभवी नेता राजेन्द्रप्रसाद पाण्डेदेखि सामाजिक सञ्जालबाट उदाएकी आशिका तामाङसम्म प्रतिस्पर्धामा छन् । यतिबेला विभिन्न आश्वासन बाँड्दै मतदातालाई रिझाउन उनीहरूलाई घरदैलो अभियानमा भ्याइनभ्याइ छ ।
देश


प्रतिक्रिया