देश

उम्मेदवारले नै पार्टी फेरे, रास्वपा र जसपा छोड्ने धेरै, गगन र मनिषलाई नाफा, बाबुरामको समर्थन कता ? (भिडियोसहित)


काठमाडौं— निर्वाचनको मुखमा पार्टी छाडेर अर्को पार्टी प्रवेश गर्ने र उम्मेदवारी नै फिर्ता गर्नेहरूको लर्को चलेको छ । पार्टी छोडेका र उम्मेदवारी फिर्ता लिएर अर्को दलको उम्मेदवारलाई सघाउनेहरूमा पहिलो नम्बरमा पर्छन्– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई । भट्टराईले प्रलोपाबाट गोरखा–२ मा उम्मेदवारी दिएका थिए । तर, बिचैमा उम्मेदवारी फिर्ता लिएका भट्टराईले रास्वपाका उम्मेदवार कविन्द्र बुर्लाकोटीलाई सघाएको चर्चा छ । रास्वपाको बहुमत आए आफू राष्ट्रपति बन्ने भन्दै उनले उम्मेदवारी फिर्ता लिएका हुन् । तर, प्रलोपाका अध्यक्ष सुदन किरातीले भने भट्टराईले उम्मेदवारी फिर्ता लिएको भए पनि अहिलेसम्म कुनै उम्मेदवारलाई प्रलोपाले नसघाएको दाबी गरेका छन् ।