काठमाडौं— महाशिवरात्रि पर्वको अवसरमा पाशुपत क्षेत्रमा केही दिन अघिदेखि नै निकै चहलपहल सुरु भइसकेको थियो । तर, आइतबार शिवरात्रिको विशेष दिन परेकाले चहलपहल त थियो नै तर सोचे अनुरूप र पहिलेका वर्ष जस्तो देखिएन । यो वर्ष बाबा र दर्शनार्थीहरूको संख्या नै कम देखियो । त्यही कारणले पशुपतिनाथको दर्शन पाउन लामो लाइन छिचोल्नुपर्ने अवस्था पनि यस वर्ष रहेन ।
नेपालका विभिन्न जिल्ला र भारतलगायत छिमेकी मुलुकबाट समेत श्रद्धालुहरू पशुपति नआएका भने होइनन् । गत वर्षको तुलनामा यस वर्ष पशुपति क्षेत्रमा व्यवस्थापन राम्रो रहेको दर्शनार्थीहरूको भनाइ छ । दर्शनार्थीको संख्या कम भएकाले पनि उनीहरूका लागि यो वर्ष दर्शन गर्न सहज भएको अनुमान छ । पशुपतिको दर्शन गर्न आएका सर्वसाधारणले विगतमा निकै सास्ती भोग्ने गरे तापनि यसपटक भने सहज तरिकाबाट नै दर्शन गर्न पाएको अनुभव सुनाए । यसपटक दर्शन गर्न पशुपति क्षेत्र विकास कोषले मिलाएको व्यवस्थापनप्रति श्रद्धालु भक्तजन सन्तुष्ट देखिन्थे ।
समाचार


प्रतिक्रिया