काठमाडौं— निर्वाचन आउन ठिक १९ दिन मात्र बाँकी रहेका बेला दलहरुका घोषणापत्र आउन थालेका छन् । आधाजसो घरदैलो सकिँदा निर्वाचन आयोगको ताकेतापछि बल्ल घोषणापत्र आउन थालेका हुन् । आयोगले आईतबारसम्म घोषणापत्र सार्वजनिक गरिसक्न निर्देशन दिएको छ । नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चाले यसअघि नै प्रतिवद्धतापत्र सार्वजनिक गरिसक्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’, जनता समाजवादी पार्टी ‘जसपा’ र आमजनता पार्टी ‘आजपा’ले घोषणपत्र सार्वजनिक गरेका छन् । जहाँ संविधान संशोधनदेखि संघीयता खारेजी र जेनजी आन्दोलनका मुद्दाहरुलाई आफ्नो मूल एजेण्डा बनेका छन् ।
उपेन्द्र यादव नेतृत्वको जसपाले आफ्नो २८ पृष्ठ लामो घोषणापत्रमा संविधान संशोधनका लागि उच्चस्तरीय संविधान पुनरावलोकन आयोग गठन गर्ने मुद्दालाई दोहोर्याएको छ । नेपालको वर्तमान संविधानलाई कांग्रेस एमाले र तत्कालिन माओवादीको दम्भको दस्तावेज बताउँदै, संविधान पुनरावलोकन नगरेसम्म संघीयता सुदृढ हुन नसक्ने उल्लेख गरेको छ । यस्तै जेनजी आन्दोलनको सम्बोधन गर्दै यो पुस्तालाई लोकतान्त्रिक, समावेशी र उत्पादनमुखी राष्ट्रिय पूर्ननिर्माणतर्फ सदुपयोग गर्ने जनाएको छ । यस्तै २०४७ सालदेखि हालसम्ममा निर्वाचित जनप्रतिनिधि, प्रधानमन्त्री, मन्त्री, उच्चपदस्थ कर्मचारी , सुरक्षा निकायका उच्चपदस्थ पदाधीकारी र संवैधानिक आयोगकका पदाधिकारीहरुको सम्पत्ति छानबिन गर्ने बताएको छ ।
देश


प्रतिक्रिया