देश

सर्लाही–४ ः गगन ढुक्क, रास्वपा र मधेशवादी नेता नै कांग्रेस छिरे, चार क्षेत्रमै क्लिन स्वीपको योजना (भिडियोसहित)


काठमाडौं— गगन थापा काठमाडौंबाट सर्लाही झरेसँगै त्यहाँको राजनीतिक माहोल गरमागरम भएको छ । आफ्नो निनर्वाचन क्षेत्र सर्लाही–४ मा उनको दौडधूप र अरु पार्टीका नेतालाई समेत भित्र्र्याउने उनका कदम विपक्षीका लागि टाउको दुखाईको विषय बनेका छन् । उनको उम्मेदवारीले सबैभन्दा बढी तनावमा छन्, पूर्व कांग्रेसी नेता डा. अमरेश कुमार सिंह । उनी सर्लाही–४ मै रास्वपाका तर्फबाट उम्मेदवार बनेका छन् । गगन थापाको सक्रियताले सर्लाहीका चारवटै क्षेत्र र मधेशमा कार्यकर्ताहरुको उत्साह बढेको छ ।
घरदैलो र कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका थापा मधेशलाई रुखको जरा भन्दै स्थानीय तहमा संगठन सुदृढीकरण, र आन्तरिक एकता बलियो बनाउने प्रयासमा छन् । कांग्रेस फेरिएर आएको भन्दै मनोवल बढाउन खोजिरहेका छन् । चुनावी एजेण्डाका रुपमा शिक्षा, रोजगारी, सुशासन र विकासका एजेन्डा अघि सार्दै युवालक्षित सन्देश र कार्यक्रमलाई बढी जोड दिइरहेका छन् ।