काठमाडौं— बालेन जहाँ पुग्छन्, अथाह समर्थन पाउँछन् । तर, जति समर्थन पाउँछन्, त्योभन्दा धेरै असहिष्णु व्यवहार, घमण्ड र उनका हर्कतले उनीमाथि कैयन प्रश्न उठाएका छन् । समर्थकलाई टेर्दै नटेर्ने, आफ्नै उम्मेदवार नचिन्ने र आतिथ्य स्वागत समेत नस्वीकार्ने बालेनका गतिविधि पटक पटक चर्चा र विवादमा आएका छन् । बिहीबार सामाजिक सञ्जालमा यस्तै एक भिडियो चर्चामा आएको छ । जहाँ बालेनलाई एक समर्थकले सम्मान स्वरुप नेपाली झण्डा ओढाउन खोजिरहेका छन् । तर, बालेनले भने स्वीकार नगरी उल्टै ती युवालाई नै धकलिदिन्छन् ।
देश


प्रतिक्रिया