काठमाडौ— निर्वाचनको मुखमा बजार भाउ अनियन्त्रित बन्दै गएको छ । विशेषगरी भान्सामा दैनिक प्रयोग हुने खानेतेल, चामल र दालजस्ता वस्तुको मूल्य बढेपछि उपभोक्ता मारमा परेका छन् । पछिल्लो केही समययता खानेतेलमा मात्रै प्रतिलिटर २५ देखि ३० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ । चामल र दालको भाउ पनि उसैगरी उकालो लागेको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार उत्पादक र आयातकर्ताहरूले नै ‘एमआरपी’ (अधिकतम खुद्रा मूल्य) बढाएर पठाएका कारण बजार महँगो भएको हो । बजारमा पछिल्ला दिनमा खानेतेल, चामल र दालमा अत्यधिक मूल्यवृद्धि भएको व्यवसायीहरू नै स्वीकार्छन् । नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले केही दिन यता बजारमा दाल, चामल, तेलमा भाउ बढेर आएको बताए । उनकाअनुसार त्यस्ता वस्तुहरु एमआरपी नै बढेर आएका कारण दैनिक उपभोग्य वस्तुहरु खुद्रा व्यापारीहरुले बढाएर बेच्नुपरेको छ ।
अर्थनीति


प्रतिक्रिया