काठमाडौं— बाटो उही, गन्तव्य उही, रंग–ढंग–भावभंगी सबै उही । तर, व्यक्तिगत इगो र जनताको डरले मिल्न सकिरहेका छैनन्, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) । चुनावी अभियानका क्रममा देखिएका यी दुवै पार्टीका गतिविधिदेखि दस्तावेजसम्ममा एकरुपता देखिँदा पनि पार्टी एकता वा तालमेल नै गरिहाल्ने अवस्था भने देखिएको छैन । त्यसको कारण बुझ्नुभन्दा पनि एकै शैली देखिने केही घटनाक्रमलाई विश्लेषण गर्नुपर्र्छ ।
नेकपाले मंगलबार आफ्नो प्रतिबद्धता सार्वजनिक ग¥यो । महत्वाकांक्षी योजना छन्, तर, आगामी पाँच वर्षको कार्यक्रममा विगतमा एमाले र अध्यक्ष केपी शर्मा ओलीले देखाउँदै आएका सपनाको समागम देखिएको छ ।
देश


प्रतिक्रिया