देश

जेनजीलाई सुशीलाकै धोका, ओलीलाई ह८त्यारा देख्ने रास्वपा प्रतिवेदन रोकिँदा किन मौन ? कार्कीमाथि प्रश्न (भिडियोसहित)


काठमाडौं— जेनजी युवाको हत्या गर्ने र देश जलाउनेको भिडन्त निर्वाचन केन्द्रित बनेको छ । यही डिबेट चलाएर भोट तान्नुपरेको छ । नयाँ पुराना सबैलाई देशलाई निकास दिनेभन्द व्यक्तिगत अस्तित्व रक्षाका लागि संघर्ष गर्नुपरेको छ । आम मतदातालाई यिनै प्रश्नको वरिपरी घुमाइएको छ । तर, हत्यारा को हुन् ? देश जलाउनेहरु को हुन् आम मतदाताले अझै पनि जान्न चाहेका छैनन् । किनकी सरकारले यो कुरा बताउनै चालेको छैन । यसबारे आधिकारिक फैसला सुनाउने जाँचबुझ आयोगको म्याद फागुन २५ सम्मका लागि थपिएको छ । अर्थात, अब चुनाव भन्दा अघी यी दुई कृत्यका अंशियार चिन्न आम नागरिकले पाउने छैनन् ।
सरकारले जेनजी युवाहरुको आन्दोलनपछिको आक्रोश मत्थर पार्न असोज पाँच गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदसीय आयोग बन्यो । पुस ६ मा काम सक्नुपर्ने थियो । बयान नै नसकिएपछि एक महिना म्याद थपियो । त्यसपछि प्रतिवेदन लेख्न भन्दै फेरि २० दिन म्याद सकियो । त्यो म्याद बुधबार सकिँदैछ । प्रतिवेदन लेखनको काम सकिसकेको र यही हप्ताभित्र बुझाउने अभिव्यक्ति औपचारिक र अनौपचारिक रुपमा कार्की र आयोगका प्रवक्ता विज्ञानराज शर्माले दिएका छन् ।