खेलकुद

विश्वकपमा आज ३ खेल हुँदै, को-को भिड्दैछन् ?


भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी-२० क्रिकेटअन्तर्गत मंगलबार पनि तीनवटा खेल हुँदै छन्। 

यसअनुसार ग्रुप एका दुई र ग्रुप डीका खेल हुनेछन्। पहिलो खेलमा नामिबिया र नेदरल्यान्ड भिड्नेछन्। यो खेल बिहान ११ः१५ मा दिल्लीमा हुनेछ। 

त्यसैगरी दोस्रो खेल अपराह्न ३ः१५ मा हुनेछ। चेन्नईमा हुने यो खेलमा न्युजिल्यान्ड र यूएई भिड्नेछन्। तेस्रो खेल साँझ ७ः१५ मा पाकिस्तान र अमेरिकाबीच हुनेछ। यो खेल श्रीलंकाको राजधानी कोलम्बोमा हुनेछ।