देश

झापा–५ ः बालेनको क्रेज ड्यामेज पार्दै ओली, पास्टरको आशीर्वाद भाइरल, घर–घर छिरे, फेरिए ओली (भिडियोसहित)


काठमाडौं— यसअघिका निर्वाचनमा औपचारिक भेटघाट र सीमित कार्यक्रममा केन्द्रित देखिएका एमाले अध्यक्ष केपी शर्मा ओली यसपटक भने मतदाताको घर घर पुगेर घरदैलो कार्यक्रम गरिरहेका छन् । ओली हाल झापाका विभिन्न बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् ।
औपचारिक सभाभन्दा फरक शैली अपनाउँदै उनी स्थानीय चिया पसल, टोल–टोल र घरआँगनमा पुगेर मत मागिरहेका छन् । यसलाई रास्वपाका वरिष्ठ नेता बालेन शाहको उम्मेदवारीपछिको त्रासको रूपमा समेत व्याख्या गरिएको छ । ओलीको अभियान व्यक्तिगत पहुँच र प्रत्यक्ष संवादमा केन्द्रित छ । बालेनसँग मतदातालाई बिच्काउन र तालमेल गरेर सहजरूपमा निर्वाचन जित्न अनेक युक्ति ओलीले नगरेका भने होइनन् । उनले झापामा बालेन आए सुकुम्बासीको उठिबास हुने, मधेशभन्दा हरेक हिसाबले विकसित भएकोसम्मका अभिव्यक्ति दिए तर जनताले नपत्याउने देखेपछि भेटघाटलाई तीव्रता दिएका हुन् । प्रश्न तेस्र्याउँदा रुखो बोल्ने ओली अहिले नरम र सरल बनेका देखिन्छन् । गत निर्वाचनमा विभिन्न दलसँग तालमेल गर्दै चुनाव लडेका ओलीले यसपटक पनि सहकार्यको प्रयास गरेका थिए । तर नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नपत्याएपछि ओली फरक रणनीतिसहित मैदानमा उत्रिएका छन् ।