काठमाडौं– काठमाडौँ क्षेत्र नम्बर ४ यस्तो निर्वाचन क्षेत्र हो, जसले जब निर्वाचन आउँछ तब सबैको ध्यान तान्ने गर्छ । ठूला पार्टीका प्रभावशाली नेताको रजगज चल्ने यो क्षेत्रमा विगतमा उनीहरूबीच हुने टकराव चासोको विषय बन्ने गरेको अवस्थामा, अहिले प्रभावशाली नेताले यो क्षेत्र छोडेको विषयले पनि चर्चा पाएको छ । लगातार तीन संसदीय चुनावमा निर्वाचित हुँदै आएको हुँदा काठमाडौँ ४ लाई नेपाली कांग्रेसका सभापति गगन थापाकै विरासत भन्दा फरक पर्दैन । २०७० देखि यसै क्षेत्रबाट निरन्तर सांसद बनेका थापाले अहिले यो निर्वाचन क्षेत्र त्यागेर सर्लाही–४ रोजेका छन् । उपराष्ट्रपति भइसकेका नन्दबहादुर पुनदेखि नेकपा एमालेका सचिव राजन भट्टराईलाई दुई–दुई पटक पराजित गरेकाले पनि यस क्षेत्रमा उनको प्रभावलाई सहजै अनुमान गर्न सकिन्छ ।
देश


प्रतिक्रिया