काठमाडौं— एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहबीचको चुनावी भिडन्त झापा–५ मा मात्र सीमित बनेको छैन । यी दुईबीचको भिडन्त डिजिटल दुनियाँको शक्तिशाली साइबर युद्धमा पनि प्रवेश गरेको छ । एमाले अध्यक्ष ओलीको ‘पब्लिक डिबेट’ गर्ने स्ट्याटसमा बालेनले ‘हत्यारासँग एउटै मञ्चमा नबस्ने’ जवाफ फर्काएपछि यो विषय निर्वाचन आयोगसम्म पुग्यो । त्यसपछि ओलीले भदौ २३ गतेको घटनाबारे गलत प्रचार फैलाइएको बताउँदै लामै अर्को स्टाटसमा लेखे– ‘प्रधानमन्त्रीले आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिन्छ ? यो कुरा पूर्ण रूपमा निराधार छ । हाम्रो संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकलाई गोली चलाउन आदेश दिन पाउने अधिकार दिएको छैन र त्यस्तो आदेश मैले कहिल्यै दिएको पनि छैन, आदेश दिन सोच्न पनि सक्दिनँ । माइतीघरको शान्तिपूर्ण प्रदर्शनबाट ती युवाहरूलाई संसद् भवनजस्तो कानुनले बल प्रयोग गर्नै पर्ने ठाउँतर्फ कसले, किन र कसरी लग्यो ? यो प्रश्नको पनि जवाफ खोज्नुहोला ।’
ओलीको ४४८ शब्द लामो उक्त स्ट्याटसमा ९० हजारभन्दा बढी ‘रियाक्सन’ आएको छ । जसमा ३६ हजारले ‘लाइक’ मात्र गरेका छन् भने ३१ हजारले ‘हाहा’ रियाक्सन गरेका छन् । १७ हजारले उनको स्ट्याटसमा ‘एंग्री’ (रिसाएको) रियाक्सन गरेका छन् भने ३ हजारले मात्र ‘लभ’ (मन पराएको) रियाक्सन गरेका छन् । ४२ सयले सेयर गरेको उक्त स्ट्याटसमा ५० हजार कमेन्ट आएका छन् । तर, ओलीले कमेन्ट गर्न आउने प्रायः सबैलाई रिप्लाई गर्न मोहन पोखरेलको फेसबुक कन्टेन्टको सहारा लिएका छन् । केपी ओलीले सहारा लिएको उक्त भिडियोमा के छ त ?
देश


प्रतिक्रिया