समाचार

सुन्न नसकिने सुनको मूल्य, चाँडै ४ लाख पुग्दै, विवाह गर्नेलाई तनाव, अमेरिकी डलरदेखि यु–द्धको असर (भिडियोसहित)


काठमाडौं— पुस महिनाको अन्तिम दिन नेपाली बजारमा प्रतितोला २ लाख ७८ हजार रुपैयाँ कायम रहेको सुनको मूल्य माघ १५ सम्म आइपुग्दा बढेर ३ लाख ३९ हजार तीन सय रुपैयाँ पुगेको छ । १५ दिनको यो छोटो अवधिमै प्रतितोला सुनमा ६१ हजार रुपैयाँले वृद्धि हुँदा यसले नेपाली बजारमा तहल्का नै पिटेको छ । माघ ६ गते मङ्गलबार २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार माघ ७ गते एकैदिन तोलामा १० हजार ४ सय रुपैयाँ बढ्दा प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ पुगेको थियो । ८ गते बिहीबार २ हजार ९०० रुपैयाँले घट्दा प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबारदेखि शुक्रबार ९ गतेसम्म आइपुग्दा ९ हजार २०० ले बढेर ३ लाख १ हजार ४०० मा कारोबार भएको थियो । ९ गते शुक्रबारको तुलनामा आइतबार सुनको भाउ २ हजार ४ सय रुपैयाँले बढेर ११ गते आइतबार ३ लाख ३ हजार ८०० मा कारोबार भयो । सोमबार १२ गते तोलामा ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको हो । १३ गते मंगलबार सुनको मूल्य थप तीन सयले वृद्धि हुँदा छापावाला सुन प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । १४ गते बुधबार छापावाल सुनको मूल्य तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँ पुगेको थियो । १५ गते बिहीबार सुनको भाउ एकैदिन प्रतितोला २० हजार ५ सय रुपैयाँ बढेको छ । बिहीबार सुनको मूल्य तोलाको ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो भाउ हालसम्मकै सर्वाधिक हो ।