देश

कांग्रेसका ११ महिला मैदानमा, प्रचण्ड–ओली–रवि–बालेन हराए सदन पुग्ने, गगन–विश्वले कसरी जिताउँछन् ? (भिडयोसहित)


काठमाडौं— नेपाली कांग्रेसले पहिलो पटक देशभरका १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिँदा ११ जना महिलालाई मैदानमा उतारेको छ, जसमा पहिले नै चुनाव लडिसकेका र नयाँ अनुहारहरू समेटिएका छन् । तर, उनीहरूको चुनावी प्रतिस्पर्धी सबै ‘हेभीवेट’ मात्र छन् । उनीहरूले दुई पूर्वप्रधानमन्त्री, ३ पार्टी अध्यक्ष, निवर्तमान सभामुख, उपसभामुख र पटक–पटक मन्त्री भएकाहरूसँग भिड्नु पर्नेछ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, रास्वपाका वरिष्ठ नेता बालेन शाह, निवर्तमान सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरसँग भिड्दै उनीहरूलाई हराउने जिम्मेवारी कांग्रेसका महिला उम्मेदवारहरूको काँधमा छ । यो पत्थर फोरेर उनीहरूले कसरी प्रत्यक्ष चुनाव जितेर संसदमा पाइला राख्न सक्छन् त ?