काठमाडौं— बालेन्द्र शाह उर्फ बालेन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता, उनले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा ब्रान्डिङ गरिरहेका छन् । यही कारण रास्वपाका ‘स्टार क्याम्पेनर’ उनलाई झापा–५ को विजय मात्र पर्याप्त छैन । फलतः झापादेखि पूर्वी पहाडको माहोल बुझेर फर्किएका उनी अब सुदूरपश्चिम लागेका छन् । अब उनले सो क्षेत्रमा आफ्ना उम्मेदवारका लागि भोट माग्नेछन् भने रास्वपाको उपस्थितिलाई बलियो पार्नेछन् ।
तर, उनलाई नै किन जिताउने ? यसको स्पष्ट उत्तर भने उनीसँग पनि छैन । पत्रकारको प्रश्नबाट भाग्दै हिँडेका उनका समर्थकहरू अहिले ‘पुरानाले खाँदा नयाँले किन नपाउने ?’ भन्ने भाष्य निर्माणमा सक्रिय छन् । अर्कातर्फ ‘अबकी बार बालेन सरकार’ भन्दै उनको अनुहार देखाएर च्याखे थाप्ने दाउमा रास्वपाका उम्मेदवार रहँदा पार्टी र सभापति रवि लामिछाने नै छायामा परेका छन् । अहिले पार्टीभन्दा पनि बालेनकै लागि भोट हाल्नुपर्ने गरी प्रचार गरिएको छ । यही अवस्था नेपाली कांग्रेसभित्र पनि सल्किएको छ । गगन थापा आफूलाई प्रधानमन्त्रीका रूपमा ब्रान्डिङ गरेर मैदानमा उत्रिँदा कांग्रेसभन्दा उनको अनुहार हेरेर भोट हाल्नुपर्ने भाष्य निर्माण भइरहेको छ । नयाँ शक्तिहरूझैँ पपुलिज्ममा रमाइरहेका उनी न एजेन्डाको कुरा गरिरहेका छन्, न त देश बनाउने स्पष्ट भिजन नै पेस गरेका छन् ।
देश


प्रतिक्रिया