काठमाडौं— पार्टीको नेतृत्व परिवर्तन गर्दै गगन थापा कमान्डको नेपाली कांग्रेस फागुन २१ को चुनावी मैदानमा उत्रिएको छ । जसमा शेरबहादुर देउवा नेतृत्वसँग विद्रोह गरी पार्टी पुनर्गठन गरेका थापाले अधिकांश नयाँ अनुहारलाई मैदानमा उतार्दा सदाबहार कांग्रेसी नेताहरूलाई भने टिकटबाट वञ्चित गरे । कांग्रेसको ऐतिहासिक विरासत रक्षा गरेकादेखि विगतका निर्वाचनहरूमा अत्यधिक मत ल्याएर आफ्नो ‘गढ’ स्थापना गरेका ‘हेभिवेट’ नेताहरूलाई नै गगनले बाइकट गरेका छन् । जहाँ अहिलेसम्मका कुनै निर्वाचनमा पराजित नभएरै देशको नेतृत्व गरेका नेताहरूलाई नै टिकट नदिँदा पार्टीले आफ्नो साख र विरासत कसरी जोगाउन सक्ला ? भन्ने प्रश्न पार्टीभित्रकै नेता कार्यकर्ताहरूको छ । पुनर्गठन भन्दै टिकट बाँडफाँटमा एकलौटी गरेका थापाले को–को सदाबहार नेतालाई वञ्चित गरे, हेरौँ ।
देश


प्रतिक्रिया