देश

मोरङको चुनावी भिडन्तको लेखाजोखा, कांग्रेसका हेभीवेट मैदानमा, टक्कर दिँदै एमाले, बालेनका खास पनि (भिडियोसहित)


काठमाडौं— प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्तापछि उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । जसले मोरङमा चुनावी सरगर्मी तीव्र बनेको छ । संसद छिर्ने लक्ष्यका साथ ‘हेभीवेट’ उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएपछि मोरङ अहिले देशभरकै राजनीतिक चर्चाको केन्द्रमध्ये एक बनेको छ । ६ वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा मुख्य राजनीतिक दल र स्वतन्त्र गरी कुल ११९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगको तथ्याङ्क अनुसार क्षेत्र नम्बर १ मा १८ जना, क्षेत्र नम्बर २ मा १७ जना, क्षेत्र नम्बर ३ मा २१ जना, क्षेत्र नम्बर ४ मा २१ जना, क्षेत्र नम्बर ५ मा २२ जना र क्षेत्र नम्बर ६ मा २० जना उम्मेदवार चुनावी मैदानमा छन् ।