देश

सुशीलालाई धोका दिने यी चार, मन्त्री बन्न झुट बोले, मन्त्रालयको मस्ती सकेर जनता झुक्याउन निस्किए (भिडियोसहित)


काठमाडौं— अवसर पाएपछि आफूले सम्हालेको जिम्मेवारीलाई चटक्कै बिर्सेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्रीले राजीनामा दिएका छन् । विभिन्न दलबाट उम्मेदवार बन्न मन्त्रालय त्याग्ने यी पात्रहरूमाथि जेन–जी आन्दोलनको भावनामाथि लात हानेको आरोप लागेको छ । निर्वाचन तोकिएको समयमा हुँदैन र आफ्नो कार्यकाल लम्बिएला भन्ने आशमा मन्त्री बनेका यी पात्रहरू चुनाव सुनिश्चित भएपछि ‘उपियाँ फड्किए झैँ’ पद त्यागेर चुनावी मैदानमा उत्रिएका छन् । प्रधानमन्त्री कार्कीलाई बीच बाटोमै छोडेर हिँड्ने ती चार मन्त्रीको यस्तो छ नालीबेली ।