Breaking

जगदिश खरेललाई ललितपुर– २ बाट टिकेट दिए पछि रास्वपामा विवाद


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएर जगदीश खरेल राष्ट्रिय स्वतन्त्र पार्टीले ललितपुर निर्वाचन क्षेत्र नम्बर– २ उम्मेदवार बनाएपछि विवाद चलेको छ ।

ललितपुर– २ मा उम्मेदवार बनाउन नहुने भन्दै सोहि निर्वाचन क्षेत्रका रास्वपा नेता र कार्यकर्ताहरुले असन्तुष्टी राखेका छन् । ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन २०७९ को चुनावमा प्रतिस्पर्धा गरेको ललितपुर– २ बाटै उम्मेदवार बन्न चाहेका थिए ।

बुद्धरत्नले सो निर्वाचनमा ८ हजार ६६६ मत ल्याएको थिए । यो निर्वाचन क्षेत्रबाट एमालेका प्रेमबहादुर महर्जन १५ हजार २५ मत ल्याएर निर्वाचित भएका थिए । रास्वपाका महर्जन तेस्रो भएका थिए । खरेल भने मंगलबार मात्रै रास्वपा प्रवेश गरेर उम्मेदवारी दर्ता गराएका हुन ।