काठमाडौं— नेकपा एमालेको टिकट वितरणमा अध्यक्ष केपी शर्मा ओलीले मनोमानी गरे पछि असन्तुष्ट पक्षले विद्रोह गरेको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेले सबै उम्मेदवारको टुङ्गो लगाइसकेको छ, तर उम्मेदवारको सूची सार्वजनिक भएसँगै पार्टीभित्र तीव्र असन्तुष्टि बढेको हो । अध्यक्ष ओलीले आफूमाथि प्रश्न उठाउने नेताहरूलाई निषेधको राजनीति गरेको आरोप लागेको छ । विशेष गरी एमालेको ११औँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल र उनको प्यानलबाट चुनाव लडेका दुई दर्जनभन्दा बढी प्रभावशाली नेताहरूलाई उम्मेदवारको सूचीमा समेटिएको छैन । जसले गर्दा महाधिवेशनको प्रभाव टिकट वितरणमा देखिएको छ । पोखरेल समूहका नेताहरूको निर्वाचन क्षेत्रमा उनीहरूलाई पाखा लगाएर ओलीले आफ्ना खल्तीका मान्छेलाई टिकट दिलाएपछि सिर्जना भएको यो आन्तरिक विद्रोहले एमालेलाई ठूलो क्षति पुग्ने देखिएको छ ।
देश


प्रतिक्रिया