काठमाडौं— नेपाली कांग्रेसमा देखिएको पछिल्लो उथलपुथल सामान्य सङ्गठनात्मक परिवर्तन मात्र होइन । यो परिवर्तन पार्टीको नेतृत्व शैली र भविष्यसँग जोडिएको छ । गगन थापाले आधिकारिक राजनीतिक हैसियत मजबुत बनाएसँगै कांग्रेसभित्र स्पष्ट रूपमा दुई धार देखिएका छन् । एकातिर परम्परागत नेतृत्वको निरन्तरता चाहने समूह छ भने अर्कोतिर परिवर्तन र वैचारिक पुननिर्माणको माग गर्ने गगन धार । भृकुटीमण्डपमा भएको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा चयन भएपछि आधिकारिकताको लडाइँमा रहेका कांग्रेसका दुवै पक्ष निर्वाचन आयोग पुगेका थिए । आयोगले गगन थापा र विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि देउवा पक्ष उक्त निर्णय मान्ने पक्षमा छैन । आयोग नै पूर्वाग्रही बनेको भन्दै आधिकारिकता बदर र आसन्न निर्वाचन स्थगित गर्न माग गर्दै देउवा पक्ष सर्वोच्च अदालत जाने र अन्तरिम आदेश लिएर आउने तयारीमा छ ।
देश


प्रतिक्रिया