देश

रास्वपामा समानुपातिक ः रवि निकटलाई बालेन कोटा तगारो, कांग्रेसमा गुटगत भागबन्डा, ओलीका निकटलाई पक्का (भिडियोसहित)


काठमाडौं— आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूलाई पुस १३ र १४ गते समानुपातिक बन्दसूची बुझाउने समय तोकिएपछि दलहरू उम्मेदवार टुङ्ग्याउने रफ्तारमा छन् । निर्वाचन आयोगले बन्दसूची पेस गर्न दिएको समय पुस १४ गते सोमबार सकिनै लाग्दा केही दलले आइतबार सूची बुझाएका छन् भने केही दल अझै आन्तरिक छलफलमा जुटेका छन् । प्रतिनिधिसभामा रहने २७५ जना सांसदमध्ये दलहरूले देशभरबाट पाएको मतका आधारमा समानुपातिक प्रणालीबाट ११० जना निर्वाचित हुनेछन् । उम्मेदवार चयन गर्दा आदिवासी, जनजाति, खस आर्य, थारु, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गराउनुपर्ने व्यवस्था छ भने कुल उम्मेदवारमध्ये कम्तीमा ५० प्रतिशत महिला हुनुपर्ने संवैधानिक प्रावधान छ ।