काठमाडौं— झण्डै एक साताको भागदौड, भेटघाट अनि पटक–पटकको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच “बृहत् एकता” भएको छ । गत सोमबार कमलपोखरीस्थित असिम शाहको निवासमा ६ घण्टाको भेट, बिहीबार करिब तीन घण्टाको छलफलपछि लामिछाने र बालेनबीच ७ बुँदे समझदारी भएको हो । यी दुई चर्चित अनि लोकप्रिय व्यक्तिहरूको मिलनले नेपाली राजनीतिमा एकप्रकारको तरङ्ग नै ल्याइदिएको छ, जसको प्रभाव अहिले सामाजिक सञ्जालभरि व्यापक देख्न सकिन्छ ।
रवि–बालेनको मिलनप्रति सबैभन्दा बढी नेकपा (एमाले) ले टिप्पणी गरेको छ । अरूभन्दा अलि बढी नै आक्रामक देखिएका एमालेका एकपछि अर्का नेताहरूले यसमा प्रतिक्रिया जनाइरहेका छन् । एमाले महासचिव शङ्कर पोखरेलले नाम उल्लेख नगरे पनि विध्वंसकारी गतिविधिको योजनाकार र सञ्चालकहरू क्रमशः सार्वजनिक भइरहेको उल्लेख गरेका छन् ।
देश


प्रतिक्रिया