राजनीति

यस्तो बन्यो ओलीको नयाँ टिम, १९ पदाधिकारीमा यी नेता, विद्याको विरासत ढल्यो, विन्दाको हार ((भिडियोसहित)


काठमाडौं— केपी शर्मा ओलीले एमालेको ११औं महाधिवेशनबाट अध्यक्षमा ह्याट्रिक मात्र गरेनन् कि सिंगो पदाधिकारीसहित जित हासिल गरेर पुनः नेतृत्वमा फर्किएका छन् । २०७१ सालदेखि एमालेको नेतृत्वमा पुगेका ओली ११औं महाधिवेशनबाट तेस्रोपटक अध्यक्षमा निर्वाचित भएका हुन् । एमालेको १९ पदाधिकारीमध्ये ओली प्यानलबाट १७ पदाधिकारी र दुई जना अध्यक्षका अर्का प्रत्यासी ईश्वर पोखरेल प्यानलबाट निर्वाचित भएका छन् । जसले पदाधिकारीमा ओली समूहको वर्चश्व रहेको स्पष्ट छ । ओलीसहित निर्वाचित पदाधिकारीले बिहीबार नै शपथ लिएका छन् ।