देश

लयमा फर्किए बालेन, भूमाफियामाथि निसाना, रामचन्द्रले गरे तारिफ, बोलाउँदा पनि गएनन् गृहमन्त्री (भिडयोसहित)


काठमाडौं — काठमाडौं महानगरपालिकाले आफ्नो ३१ औं स्थापना दिवस भव्यताका साथ मनाएको छ । सोमबार सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो । राष्ट्रपति रामचन्द्र पौडेलसहित उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधि सभा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाललगायत वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूको उपस्थितिमा महानगरले आफ्नो स्थापना दिवस मनाएको थियो । कार्यक्रममा सैनिक दिवसको झल्को दिने गरी काठमाडौं महानगर प्रहरीले सैनिक मञ्चमा परेड र मार्चपास प्रस्तुत गरेको थियो ।
सोमबार महानगरपालिकाको स्थापना दिवस मनाइरहँदा त्यहाँ केही आश्चर्यजनक दृश्यहरू पनि देखिए ।