काठमाडौं— एनपिएल दोस्रो सिजनको फाईनलमा लुम्बीनी लायन्सले सुदुरपश्चिम रोयल्स माथी सानदार जित हासिल गदै उपाधि कब्जा गरेको छ । भने सुदुरपश्चििमले दिएको ८६ रनको टार्गेट लुम्बीनीले ९ ओभरमा ४ विकेट गुमाउँदै पुरा ग¥यो । भने लुम्बिनीका ओपनर दिनेश अधिकारीले १३ बलमा ४२ रनको धूवाधार बिस्फोटक ब्याटीङ गरे । भने डार्सी सर्टले १४ र कप्तान रोहति पौडेलले १६ रनको योग्दान गरे । यस सिजनको सबैभन्दा रोमाञ्चक कथा लुम्बिनी लायन्सले लेखेको छ । गत संस्करणमा अंक तालिकाको पुछारमा रहँदै प्रतियोगिता टुङ्ग्याएको लुम्बिनीले यसपटक उत्कृष्ट ‘कमब्याक’ गर्दै फाईनलमा पुगेको थियो । फाईनलमा सुदुरपश्चिम रोयल्सलाई हराउँदै आफुलाई अब्बल सावित गरेको छ । राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले साविक विजेता जनकपुरलाई पराजित गरे प्लेअफको टिकट काटेको थियो । लुम्बिनी यस सिजनको चौथो तथा प्लेअफमा पुग्ने अन्तिम टोली बनेको थियो । जारी संस्करणमा आफ्नो पहिलो खेलमा विजयी सुरुवात गरेर प्रशंसा बटुलेको लुम्बिनी त्यसपछि लगातार तीन खेलमा पराजित हुँदा धेरैले आस मारिसकेका थिए । तर, टोलीले हार मानेन । त्यसपछि लगातार तीन खेलमा जित हासिल गर्दै लुम्बिनीले असम्भव जस्तो लाग्ने प्लेअफ यात्रा मात्रै सम्भव तुल्याएन, उपाधिको बलियो दाबेदार मानीएको सुदुरपश्चिम रोयल्स माथी सानदार जित हाँसिल गर्दे उपाधि आफ्नो पोल्टामा पारेको छ ।
खेलकुद


प्रतिक्रिया