काठमाडौं— महाधिवेशनमा एकआपसमा भिडिरहेका एमालेका दुई समुह हुन्, अध्यक्ष केपी शर्मा ओली पक्ष र पूर्वउपाध्यक्ष विद्या भण्डारी पक्ष ।
हुन त विद्या भण्डारी पक्षबाट मैदानमा लडाकु बनेर मुठ्ठी कसेका छन् ईश्वर पोखरेल । ओली पक्षबाट भने अध्यक्ष ओली आफै पाखुरा सुर्केर मैदानमा ओर्लिएका छन् । ११ औं महाधिवेशन नजिकिँदै गर्दा नेकपा एमालेभित्र र बाहिर भीषण शितयुद्ध चलिरहेको छ । हुन त यो युद्धको सुरुवात अध्यक्ष ओली आफैले गरेका हुन् ।
उमेर हदको मापदण्ड आफु अनुकुल बनाएर १० औं महाधिवेशनपछि ओली झन कडा रुपमा प्रस्तुत भइरहेका छन् । अहिले प्रतिश्पर्धामा उत्रिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलविरुद्ध ओली निरन्तर विषबमन गरिरहेका छन् ।
महाधिवेशनमार्फत तेस्रोपटक अध्यक्षमा तेहेरिन चाहेका ओलीलाई ईश्वर पोखरेलले च्यालेन्ज गरे । अर्थात् उनले भने– यदि अध्यक्ष पदको उम्मेदवारीबाट पछि हट्न तयार हो भने, आफुले पनि उम्मेदवार नदिने बताए ।
देश


प्रतिक्रिया