काठमाडौं— टुटफुट, चर्काचर्की र नाराबाजीका बाबजुद अन्ततः जेनजी आन्दोलनले ‘जनआन्दोलन’को मान्यता पाएको छ । जेनजी आन्दोलनको आफूहरू पनि ‘स्टेक होल्डर’ रहेको दाबी गर्दै बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका विभिन्न जेनजी समूहहरूबीच १० बुँदे बृहत् सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सहिद परिवारका अभिभावकसमेत रहेका सहिद तथा घाइते परिवारका संयोजक भोजविक्रम थापा र सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीले पत्रमा हस्ताक्षर गरे । सम्झौता गर्ने क्रममा आन्दोलनको नेतृत्व लिएका सुदन गुरूङलाई ‘जेठो छोरो’ नै भनेर सम्बोधन गरेकी प्रधानमन्त्री कार्कीले यसलाई ऐतिहासिक उपलब्धिका रूपमा अथ्र्याइन् ।
देश


प्रतिक्रिया