राजनीति

काठमाडौं-२ मा कांग्रेसबाट लोकेश ढकालसहित ६ जना सिफारिस


काठमाडाैं। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर २ ले ६ जनाकाे नाम सिफारिस गरेको छ।

बिहीबार बसेकाे क्षेत्रीय कार्यसमिति बैठकले लाेकेश ढकालसहित छ जनाकाे नाम सिफारिस गरिएकाे हाे। सिफारिस हुनेमा केन्द्रीय सदस्य प्रतिमा गाैतम, दीपकप्रसाद कुइँकेल, लोकेश ढकाल, कविर शर्मा, मनिष कोइराला र उद्धवप्रसाद लामिछाने (युपी) रहेका छन्।

त्यसमध्ये गाैतम विघठित प्रतिनिधिसभाकी समानुपातिक सांसद हुन्। समानुपातिकमा दाेहाेरिन नपाएपछि उनी प्रतक्ष्य चुनाव लड्ने माेडमा पुगेकी हुन्। ढकाल कांग्रेसका युवा नेताका रुपमा परिचित छन्।

युपी लामिछाने निवर्तमान शहरी विकासमन्त्री प्रकाशमान सिंहका स्वकीय सचिव हुन्।