काठमाडौँ । सुदूरपश्चिम रोयल्सको अपराजित अभियानलाई चिर्दै विराटनगर किङ्स पहिलो क्वालिफायरमा प्रवेश गरेको छ । १४८ रनको लक्ष्य ११.५ ओभरमै पूरा गर्दै सुदूरपश्चिमलाई पराजित गर्ने एकमात्र टोली बनेको विराटनगरले रनरेटमा काठमाडौँलाई पछि पारेको हो । यससँगै मंगलबार हुने ‘सिजन टर्निङ’ भिडन्तमा विराटनगरले सुदूरपश्चिमसँग नै फाइनल यात्राको निर्णायक खेल पक्का गरेको छ ।
खेलकुद


प्रतिक्रिया