नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पहिलो क्वालिफायरको खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङसबीच महाभिडन्त हुने भएको छ ।
विराटनर र सुदूरपश्चिमबीचको खेल अपरान्ह ४ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । यो खेल निकै रोमाञ्चक हुनेछ । खेल हेर्न क्रिकेट प्रेमीहरु आतुर छन् ।
अंक तालिकाको शिर्ष स्थानमा रहेको सुदूरपश्चिम र अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरलाई उपाधिको दाबेदारीको रुपमा पनि हेरिएको छ ।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको साविक उपविजेता सुदूरपश्चिम यसपटक उत्कृष्ट प्रदर्शनमा छ । सुदूरपश्चिमले लिग चरणका सात खेलमध्ये लगातार ६ खेल जितेको थियो।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले लिग चरणका पाँच खेल जितेको छ । लिग चरणका सुरुका तीन खेल जितेर शानदार सुरुवात गरेको विराटनगर चौथो र छैटौँ खेलमा पराजित भएको थियो। तर, पाचौँ र अन्तिम खेलमा विजयी भएर प्लेअफको यात्रा सुनिश्चित गरेको विराटनगर निकै बलियो देखिन्छ ।
शनिबार भएको अन्तिम खेलमा भने विराटनगरसँग पराजित भएको हो। विराटनगरसँग उक्त हारको बदला लिर्दै फाइन पुग्ने दाउमा सुदूरपश्चिम छ । उता विराटनगर पनि सुदूरपश्चिमलाई हराउँदै फाइन पुग्ने रणनीतिमा छ ।


प्रतिक्रिया