राजनीति

ईश्वर–ओली भिडन्त : गुण्डुमा उपाध्यक्ष बन्नेको लर्को, असन्तुष्ट तान्ने विद्याको दाउ, विष्णु–बादल (भिडियोसहित)


काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनमा उपाध्यक्ष पदका लागि ‘महाभिडन्त’ हुने भएको छ । अध्यक्षपछिको शक्तिशाली मानिने उपाध्यक्ष पदका लागि महाधिवेशनमा तीव्र प्रतिस्पर्धा हुने देखिएको हो । ३ उपाध्यक्ष पदका लागि ओली र विद्या (भण्डारी) दुवै प्यानलमा गरी आधा दर्जनभन्दा बढी आकांक्षीहरू देखिएका छन् । को–को छन् त उपाध्यक्षका आकांक्षी ?