समाचार

जेनजी आन्दोलनमा जले क्यामेरा, दुर्गाघटना गराएर टाप, ट्राफिकलाई दोषी खोज्न हैरानी (भिडियोसहित)


काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सरकारी तथा निजी संरचनामा मात्रै क्षति भएन, काठमाडौं उपत्यकाका सडकहरुमा राखिएका सीसीटीभी क्यामेरासमेत तोडफोड भए । उपत्यकाका अधिकांश ठाउँका सीसीटीभी क्यामरा ध्वस्त हुँदा अहिले सडक सुरक्षा निगरानीमा ट्राफिक प्रहरीलाई समस्या भइरहेको छ । प्रविधियुक्त सेवाहरू प्रभावित हुँदा ट्राफिक प्रहरीलाई भौतिक रूपमा सेवा प्रवाह गर्न पनि कठिन भइरहेको छ ।