काठमाडौं— छ महिनाका लागि सरकार सञ्चालन गर्ने जिम्मेवारी पाएको सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदमा युवा तथा खेलकुद मन्त्रीका रुपमा नियुक्त भएका बब्लु गुप्ता अहिले चर्चा र विवादको शिखरमा छन् । आइतबार राष्ट्रपति भवन शीतल निवासमा गुप्ताले पद तथा गोपनीयताको शपथ लिएसँगै नेपाली खेलकुदको सम्पूर्ण अभिभार उनकै काँधमा आएको छ । जेनजी आन्दोलनको बलमा बनेको सरकारमा जेनजी उमेर समूहकै व्यक्ति मन्त्री नबनेको भन्दै आलोचना भइरहेका बेला गुप्ताले प्रवेश पाएका हुन् । मन्त्रालयको नामजस्तै नेतृत्वमा पनि युवा अनुहार आउँदा गुमनामप्रायः रहने यो मन्त्रालय चलायमान हुने अपेक्षा गरिएको छ । मन्त्री गुप्ताले पदबहालीको पहिलो निर्णय नै मन्त्रालयको कामकारबाही पारदर्शी बनाउने हेतुले आफू मातहतका सम्पूर्ण बैठकहरू प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेका छन् । साथै, अहिलेसम्म बोल्दा मात्रै काम बिग्रिएको भन्दै उनले अब काम गरेर देखाएपछि मात्र बोल्ने प्रतिबद्धता जनाएका छन् ।
खेलकुद


प्रतिक्रिया