Breaking

इलाममा बाढी पहिरोको वितण्डा : दुई जनाको मृत्यु, १५ जना भन्दा बढि बेपत्ता


शनिवार साँझबाट आएको अविरल वर्षापछि इलामका २ जनाको मृत्यु भएको छ । इलामका विभिन्न ठाउँमा खसेको पहिरोमा परि १५ जना भन्दा बढी बेपत्ता भएका छन् ।

इलाम नगरपालिका वडा नं ६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुर्दा २ जनाको मृत्यु भएको छ। घरमा रहेका ३ जना बेपत्ता छन् । पहिरोले पुरेर घाइते भएका २ जनालाई उपचारका लागि अस्पताल लगिएको छ । प्रहरी घटनास्थलमा पुगेकाले उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।

घर माथिबाट खसेको पहिरोका कारण इलामको माइजोगमाई गाउँपालिका–६ का बर्मालाल सोग्मीका पाँच जना परिवारका सदस्य पहिरोमा परेर बेपत्ता भएका छन् । माथिबाट खसेको पहिरोको कारण उनीहरू रातीबाट सम्पर्क विहीन बनेका हुन् ।इलाममा बाढी पहिरोको वितण्डा : दुई जनाको मृत्यु, १५ जना भन्दा बढि बेपत्ता