मनोरञ्जन

दशैंको मौकामा तीन चलचित्रको टक्कर, समिर भट्टलाई माग्नेबुढाको चुनौती, क्रेज फर्काउने सपुतको दाउँ (भिडियोसहित)


काठमाडौँ । दसैँको छेको पारेर चलचित्र प्रदर्शनमा ल्याउने होडबाजीले यो वर्ष पनि निरन्तरता पायो । फूलपाती अर्थात् आजदेखि सिनेमा हलमा तीन नेपाली फिल्म ‘माइतीघर’, ‘बलिदान’ र ‘हरिबहादुरको जुत्ता’ एकसाथ प्रदर्शनमा आएका छन् । फिल्म राम्रो भएर दर्शक तान्न सकेमा दशैँमा नेपाली फिल्म ब्लकबस्टर हुन्छन् भन्ने उदाहरण गत वर्ष प्रदर्शन भएका दुई चलचित्र ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ ले प्रमाणित गरिसकेका छन् । यो वर्षको दशैँ भिडन्तमा कुन चलचित्रले बाजी मार्ला त ?