काठमाडौं । यस वर्षको दसैँ, तिहारलगायतका चाडपर्वका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ।
आज यातायात व्यवस्था विभागको कार्यालयमा बसेको सम्वद्ध सबै पक्षको बैठकले यात्रुहरु घर जान थालिसकेकाले दसैँका लागि भनेर अग्रिम टिकट खुला गर्न आवश्यक नभएको निष्कर्ष निकालेको हो।
जेनजीको आन्दोलनपछि विश्वविद्यालय, कलेजहरू बिदा हुने र उनीहरूको घर जाने क्रम सुरु भइसकेकाले यस वर्ष दसैँलाई लक्षित गरेर अग्रिम टिकट बुकिङको व्यवस्था नगर्ने निर्णयमा पुगिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए।
उनले दसैँका लागि घर जानेहरुले ३–४ दिन अगाडि नै बसको टिकट लिने व्यवस्था मिलाइएको पनि जानकारी दिए।


प्रतिक्रिया