नेपाल र चीन सयुक्त सैन्य अभ्यासको पाँचौं शृङ्खला आइतबारदेखि सुरु हुँदैछ ।
नेपाली सेना र चीनको जनमुक्ति सेना (पीपुल्स लिबरेसन आर्मी, पीएलए) बीच पाँचौं संस्करणको ‘सगरमाथा फ्रेन्डसिप’ नामक संयुक्त सैन्य अभ्यास आइतबारदेखि सुरु भएर १० दिनसम्म चल्नेछ । सैन्य अभ्यासमा सहभागी हुन चिनियाँ जनमुक्ति सेनाको टोली नेपाल आइपुगेको छ ।
यस अभ्यासमा आतंकवादविरुद्धका अभियान, युद्धकौशल र विपद् व्यवस्थापनमा ध्यान केन्द्रित गरिनेछ । गत वर्ष चौथो संस्करणको अभ्यास चीनको सिचुआन प्रान्त नजिकैको छङछिङ शहरमा भएको थियो ।


प्रतिक्रिया