काठमाडौं— चीनले ‘जापानविरुद्ध चिनियाँ जनताको युद्ध र फासीवाद युद्धमा विजयको ८०औँ वार्षिकोत्सव’ भव्य रुपमा मनाएको छ । ८०औँ वार्षिकोत्सव’को अवसरमा चीनले राजधानी बेइजिङमा भव्य सैनिक परेड गरेको छ ।
सैन्य परेड समारोहमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका नेता किम जोङ उन लगायत २६ देशका राष्ट्रप्रमुख र सरकार प्रमुख सहभागी भएका छन् । चिनियाँ राष्ट्रपति सी, रूसी राष्ट्रपति ण्पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उन एउटै फ्रेममा देखिनु ऐतिहासिक रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
परेड अवलोकनमा जाँदै गर्दा किम जोङ–उन, सी र पुटिन एकैसाथ काँधमा काँध मिलाएर हिँडेका थिए । बीबीसीका अनुसार सैन्य परेडमा ५० हजार विदेशी पाहुना सहभागी भएका छन् । परेडमा शक्तिशाली र अत्याधुनिक हतियारहरू पनि प्रदर्शन गरिएको छ।


प्रतिक्रिया