काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली चार दिनदेखि उत्तरी छिमेकी चीन भ्रमणमा छन् । शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन गत शनिबार चीनको तियानजिन सहर ओर्लिएका ओली यतिबेला बेइजिङमा छन् । चिनियाँ राष्ट्रपति सी जिनफिङसँगको द्विपक्षीय भेटवार्ता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित विश्वका शक्तिशाली नेताहरूसँगको साइडलाइन वार्ताबारे बहस हुनु स्वाभाविक नै हो । तर गत मंसिरमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) फ्रेमवर्कमा हस्ताक्षर गरेपछि राष्ट्रिय राजनीतिमा घेराबन्दीमा परेका प्रधानमन्त्री ओलीले अहिले चीन सरकारले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई) अवधारणामा समर्थन जनाएको चिनियाँ दाबीपछि थप दबाबमा पर्ने देखिएको छ ।
समाचार


प्रतिक्रिया