काठमाडौं— नेपाली नागरिकलाई भारतमा लगेर बेचबिखन गर्ने गरिएका घटना त विगतदेखि नै सार्वजनकि हुँदै आएका छन् । अझै पनि, सोझासाझा र गरिब महिलालाई विभिन्न प्रलोभनमा पारेर बेच्ने घटनामा कमी आउन सकेको छैन ।तर, पछिल्ला वर्षहरूमा त मानव अङ्ग, विशेषगरी मिर्गौला बेचबिखनमा गिरोहकै समूह सक्रिय हुन थालेको खुलेको छ । मिर्गौला बेच्न भारतसम्म मानव तस्करी हुने गरेका तथ्य नेपाल प्रहरीले सार्वजनिक गरेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मिर्गौला बेचबिखनमा संलग्न गिरोहका सात जनालाई सार्वजनिक गरेको छ । सो गिरोहले भारतमा लगेर ५ जना नेपालीको मिर्गौला बेचेको अनुसन्धानबाट खुलेको हो । उनीहरूले सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, नुवाकोट, धादिङ लगायतका जिल्लामा पुगेर सोझा मानिसहरूको गरिबीको फाइदा उठाई पैसाको प्रलोभन देखाएर मिर्गौला बिक्री गर्न प्रोत्साहित गरेको पाइएको छ । ती गिरोहलाई नियन्त्रणमा लिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले विशेष अपरेसन नै चलाएको थियो । गिरोहमा संलग्न मुख्य नाइके सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ घर भएका ३८ वर्षीय श्यामकृष्ण भण्डारीको समूहले नेपालीलाई भारत पु¥याएर मिर्गौला बेच्ने गरेको अनुसन्धानबाट खुलेको हो …..
अपराध


प्रतिक्रिया